प्रचण्ड ग्रेटवालमा


काठमाडौं, (नेस) चीनको साताव्यापी भ्रमणमा रहनुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीले मंगलबार चाइना ग्रेटवालको अवलोकन गरेको छ। 


टोलीले आज बुधबार चिनियाँ क्रान्तिका महान् कम्युनिस्ट नेता माओत्से तुङको समाधिस्थलको भ्रमण गर्ने बताइएको छ। भ्रमण टोलीमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन वैद्य, विदेश विभाग प्रमुख कृष्णबहादुर महरा र दाहालपुत्र प्रकाश सहभागी छन्। 

टोलीले चिनियाँ राष्ट्रपति ह जिन्ताओलगायतसँग भेट्ने कार्यक्रम छ। उनीहरूले सोमबार चिनियाँ कम्यनिस्ट पार्टी स्थायी समिति सदस्य जीया क्विलिङलगायत दुई जना कम्युनिस्ट नेतासँग भेटेका थिए। भेटपछि माओवादी विदेश विभाग प्रमुख महराले माओवादी नेतृत्वको नयाँ सरकार बन्नुपर्ने पक्षमा चीन रहेको दाबी गरेका थिए।

Source - newsofnepal.com


0 प्रतिकृया/हरु:

Post a Comment