श्रोत:bhutannewsservice
Anju Panta Songs Collection
कलाकार केदारसँगको वार्तालाप
साथीहरुको तस्बिर र ईमेल आइ.डी.
Latest नेपाली लोक दोहोरी गीतहरु
कलाकार केदारसँगको वार्तालाप
साथीहरुको तस्बिर र ईमेल आइ.डी.
Top 10 Latest Nepali Movie Songs
नेपाली भजनहरु CLICKHERE 
Rajesh Payal Rai's songs collections ClickHere 
Top 10 Latest Nepali Movie Songs
नेपाली भजनहरु CLICKHERE 
Rajesh Payal Rai's songs collections ClickHere 
Top 10 Latest Nepali Movie Songs

Rajesh Payal Rai's songs collections ClickHere 
कैदीबीच कुटाकुट, दुवै घाइते
खाँदबारी कारागारमा रहेका दुईजना कैदीबीच खानेपानीको विषयमा विवाद बढेपछि कुटाकुट भएको छ । कैदी धनबहादुर जिमी र अर्जुन राईबीच मंगलबार बिहान खानेपानी थाप्ने विषयमा बिवाद बढेपछि कुटाकुट हुँदा जिमीको टाउको फुटेको र राईको अनुहार जलेको छभने एउटा औला भाँचिएको छ ।
खानेपानीले वितरण गरेको पानी बाल्टीमा थाप्ने निहुमा विवाद बढेको र कुटाकुट भएको जेलर रविन राईले बताए । घटना हुनेवित्तिकै निमित्त प्रजिअ, प्रहरी प्रमुखसमेतले कारागार पुगेर घटनाको जानकारी लिएका थिए ।
जिमी धनकुटाको चानुवा गाविसबासी हुन् । उनी १० वर्षदेखि र भोजपुरको दोभानेबासी राई ६ वर्षदेखि खाँदबारी कारागारमा छन् । दुवै जना कर्तव्य ज्यान मुद्धामै कारागार परेका हुन् ।
घाइतेलाई खाँदबारी अस्पतालमा उपचारपछि दिउँसो कारागार लगिएको थियो । निमित्त प्रजिअ राजेन्द्र सिग्देलले कुटाकुट गर्ने दुईमध्ये एक जनालाई बाहिरी जिल्लाको कारागारमा लाने तयारी भएको बताए । उनले भने 'माथिल्लो कार्यालयसित कुरा भइरहेको छ, दुईमध्ये एकलाई छिट्टै अर्कै कारागारमा पठाउने छौं ।'
२५ कैदीको क्षमता भएको कारागारमा ४७ जना राखिएको छ । यसले उपभोग्य पानीदेखि सबै आवश्यक सामाग्रीको अभाव हुने र झगडा भइरहने गरेको छ ।
मानवअधिकार आयोगबाट निरीक्षण
यसैबीच राष्ıिय मानवअधिकार आयोग क्ष्ाेत्रीय कार्यालय प्रमुख निमित्त निर्देशक शंकरनाथ अधिकारीको टोलीले मंगलबार नै कारागारको निरीक्षण गरेको छ । कैदीबीच कुटाकुट भएको घटनापछि टोलीले कारागारको निरीक्षण गरेको हो ।
निरीक्षणपछि टोलीले कारागारमा पर्याप्त खानेपानी व्यवस्था गर्न प्रशासन र प्रहरीसमेतलाई सिफारिस गरेको छ । क्षमता भन्दा दोब्बर कैदी राखेपछि समस्या थपिएको र झगडाको रुप लिन पुगेको ठहर आयोगले गरेको छ । Source: ekantipur
पत्रकारलाई ज्यानमार्ने धम्की
१७ मंसिर, घोराही । नेपाल पत्रकार महासंघकी केन्द्रीय पार्षद तथा रुकुमकी महिला पत्रकार टिका बिष्टलाई अज्ञात समुहले ज्यान मार्ने धम्की दिएकोप्रति प्रेस चौतारी दाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
रुकुमबाट प्रकाशित जन्तिधारा साप्ताहिक र दाङबाट प्रकाशित गणतन्त्र राष्ट्रिय दैनिकमा ‘तिर्थाको सिन्दुर किन चाहियो माओवादीलाई ?’ शीर्षकको लेख केहिदिन अघि छापिएपछि उहाँलाई ज्यानमार्ने धम्की आएको थियो ।
प्रेस चौतारी दाङका अध्यक्ष सविन प्रियासन र सचिव प्रदिप पाण्डेयले आज संयुक्त विज्ञप्ति प्रकाशित गरी गणतन्त्र स्थापनापछि पनि पत्रकारमाथी हुने गरेका यस्ता क्रियाकलापको घोरभर्तसना गर्नुभएको छ ।
बिज्ञप्तीमा प्रेस चौतारी रुकुमका पूर्व उपाध्यक्षसमेत रहेकी बिष्टलाई धम्काउने व्यक्तिको पहिचान गरी कडा भन्दा कडा कार्वाही गर्न माग गरिएको छ । कुनैपनि बिषयमा छापिएको लेख र समाचारको खण्डन गर्न पाउने अधिकार भएपनि ज्यानै लिने धम्की दिनु आपत्तीजनक भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसैबीच सिस्ने मिडिया सेन्टरका महासचिव दुर्गालाल केसीले पनि विज्ञप्ति निकालेर पत्रकारलाई धम्काउने कार्यको घोर भर्तसना गर्नुभएको छ । बिज्ञप्तीमा समाचार लेखेकै भरमा पत्रकारलाई धम्काउने कार्य तत्काल रोक्न आग्रह गरिएको छ । Source: OnlineKhabar
महिला हिंसाका घटनामा प्रहरी उदासीन
रौतहटमा महिलामाथि हिंसाका घटना बढ्दै गए पनि प्रहरीले दोषी पक्राउ गर्न सकेको छैन ।
विवाह गर्न अस्वीकार गरेको निहुँमा मिठुअवा गाविसस्थित मामाघरमा बस्दै आएकी एक १५ वषर्या बालिका एक साताअघि सामूहिक बलात्कारको सिकार भएकी थिइन् । यस्तै, बैरिया गाविसकी एक महिलालाई तीन साताअघि सुत्केरी अवस्थामै गाउँकै एक व्यक्तिले बलात्कार गरी फरार भएका छन् । दुवै पीडितले न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिए पनि प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन ।
दुई महिनायता रौतहटमा बोक्सीको आरोपमा दुव्र्यवहार गरिएका पाँच घटना भएका छन् । पाँचै घटनामा महिलालाई मानव मलमूत्र खुवाइएको थियो ।
दुई घटनाका पीडितसँग पीडकले मिलापत्र गरेका थिए भने एक घटनामा तीन महिला कानुनी उपचारमै गए पनि पीडकहरू जिल्ला अदालतबाट एक लाख धरौटीमा रिहा भएका थिए ।
मन परेकी केटी विवाहका लागि माग्दा अभिभावकले अस्वीकार गरेको भन्दै मिठुअवा गाविसका झापस राउत, रामजी राउत, रामकिसुन राउत र शिवराज राउतले मिठुअवा गाविसस्थित मामाघरमा बस्दै आएकी सखुअवा धमौरा गाविस-१ निवासी पासपत राउतकी १५ वषर्या छोरीलाई सामूहिक बलात्कार गरी फरार भएका थिए ।
उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी दर्ता भएको छ । आरोपीहरू प्रहरीको फन्दामा पर्न नसक्दा महिलामाथि हुने हिंसाले बढावा पाएको
इन्सेक रौतहट प्रतिनिधि विपिन गौतमले बताए । Source: NayaPatrika
जोडी जम्यो जीवन-ऋचाको

सबैभन्दा बढी विज्ञापनमा अभिनय गर्ने नायकका रूपमा चिनिन थालेका जीवन लुइँटेल पछिल्लो समयमा पुनः चलचित्रमा सक्रिय भएका छन् । पछिल्लो समयमा उनले निर्देश्ाक विकास आचार्यको चलचित्र 'नाइँ नभन्नु ल' मा अभिनय गरेका छन् । प्रेमकथामा आधारित यो चलचित्रमा जीवनले ऋचा सिंह ठकुरीका रूपमा एउटी नयाँ नायिकाको साथ पाएका छन् । म्युजिक भिडियोहरूमा अभिनय गर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेकी ऋचालाई पनि जीवनसँगको जोडी सुखद लागेको छ । चलचित्रको पर्दाका लागि मात्र होइन, स्वरांकन कक्षमा पनि जीवन-ऋचाको जोडी सुहाएको चर्चा चल्न थालेपछि निर्देशक आचार्य पनि दंग छन् । 'जोडी मिलेका नायक-नायिकालाई एउटै चलचित्रमा अभिनय गराउन गाह्रो छ,' आचार्य भन्छन्— 'नाइँ नभन्नु ल' मा जीवन र ऋचाको रूपमा जोडी मिलेका नायक-नायिकालाई अभिनय गर्न पाएकोमा खुसी छु ।' ऋचाका बारेमा जीवनको धारणा पनि सकारात्मक छ । उनी भन्छन्— 'नायिकाका रूपमा उनको भविष्य उज्ज्वल देख्छु ।' ऋचा पनि के कम ? उनको तर्क छ— 'दर्श्ाकले मन पराइसकेका नायकसँग काम गर्न पाएकाले पहिलो चलचित्रबाटै स्थापित हुन्छु जस्तो लागेको छ ।' Source: ekantipur
टी. पी. मिश्रले मन माया दर्जी सँग NYC मा गर्नु भएको कुराकानी
Labels:
शरणार्थी
0
प्रतिकृया/हरु
Krishna Maya Darjee resettled 10 months back in NYC talks to TP Mishra regarding the pain she bears due to separation of her family members. Darjee says she has hard times in NYC and wants to return to Nepal if her son continues to remain in camp.
राष्ट्रिय झन्डाबारे नेताहरुको मिश्रित प्रतिक्रिया
परम्परादेखि प्रचलनमा रहेको राष्ट्रिय झन्डा परिवर्तन गर्न केही राजनीतिक दलहरुबाट प्रस्ताव आइरहेको बेला केही साना राजनीतिक दलका नेताहरुले त्यसमा मिश्रित प्रतिक्रिया जनाएका छन् ।
रासससगको कुराकानीमा नेताहरुले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।
नेकपा (माले)का महासचिव चन्द्रप्रकाश मैनालीले राष्ट्रिय झन्डा परिवर्तन गर्न जरुरी नभएको भए पनि त्यसमा अंकित केही प्रतीकको सामूहिक व्याख्या गर्न सकिने बताए ।
उनले झन्डाको किनारामा नीलो रङको ठाउामा हरियो रङ परिवर्तन गर्न सकिने त्यसो गर्दा समावेशीको संकेत हुनुको साथै विश्व पर्यावरणप्रति पनि सजग भएको संकेत गर्नसकिने बताए ।
राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले नेपाल र नेपालीको विशिष्ट पहिचानलाई नकारात्मक प्रभाव नपारेकाले राष्ट्रिय झन्डा परिवर्तन गर्न नहुने बताए ।
नेसपा(आनन्दीदेवी)की अध्यक्ष सरिता गिरीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई प्रतिबिम्बित हुने गरी राष्ट्रिय झन्डा परिवर्तन गर्न आवश्यक भएको बताइन ।Source: ekantipur
रासससगको कुराकानीमा नेताहरुले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।
नेकपा (माले)का महासचिव चन्द्रप्रकाश मैनालीले राष्ट्रिय झन्डा परिवर्तन गर्न जरुरी नभएको भए पनि त्यसमा अंकित केही प्रतीकको सामूहिक व्याख्या गर्न सकिने बताए ।
उनले झन्डाको किनारामा नीलो रङको ठाउामा हरियो रङ परिवर्तन गर्न सकिने त्यसो गर्दा समावेशीको संकेत हुनुको साथै विश्व पर्यावरणप्रति पनि सजग भएको संकेत गर्नसकिने बताए ।
राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले नेपाल र नेपालीको विशिष्ट पहिचानलाई नकारात्मक प्रभाव नपारेकाले राष्ट्रिय झन्डा परिवर्तन गर्न नहुने बताए ।
नेसपा(आनन्दीदेवी)की अध्यक्ष सरिता गिरीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई प्रतिबिम्बित हुने गरी राष्ट्रिय झन्डा परिवर्तन गर्न आवश्यक भएको बताइन ।Source: ekantipur
पूर्बराजा ज्ञानेन्द्र युरोप जाने तयारीमा

१४ मंसिर, काठमाण्डौ । सरकारबाट हालै कुटनीतिक राहदानी पाएका पूर्ब राजा ज्ञानेन्द्र भारत भ्रमणबाट फर्किएलगत्तै युरोपेली मुलुकहरुको भ्रमणमा जाने भएका छन् ।
एक पारिवारीक बिबाह समारोहमा भाग लिन केहीदिन पछि भारत जान लागेका पूर्ब राजा त्यहाँबाट फर्किएलगत्तै युरोपियन मुलुकको भ्रमणमा जान लागेको निर्मलनिबास निकट स्रोतले जनाएको छ । त्यसअघि करिव एक साता उनी भारतमा रहने छन् ।
काठमाण्डौस्थित युरोपियन कुटनीतिक नियोगमार्फत केही मुलुकको निमन्त्रणा शाहले पाइसकेको दावी गर्दै स्रोतले करिव दश दिन लामो भ्रमणका लागि उनी युरोपेली मुलुकहरुमा जान लागेको बतायो । जाने देशहरुको सूची र तालिका मिलाउने काम भइरहेको बताइएको छ ।
संबिधानसभाको निर्णय बमोजिम दुई बर्षअघि राजगद्दी त्याग गरेका पूर्बराजाले मंसिर दुई गते मन्त्रिपरिषद्को निणर्यका आधारमा कुटनीतिक राहदानी पाएका थिए । भारतबाहेक तेस्रो मुलुकको भ्रमणका लागि राहादानी अनिबार्य हुने भएकाले आफ्ना निजीसचिवमार्फत ज्ञानेन्द्रले आफु र श्रीमतिका लागि कुटनीतिक राहदानी दिन निबेदन पेश गरेका थिए ।
गद्दीच्यूत भएपछिको पहिलो भ्रमण भएकाले यसलाई महत्वपूर्ण बनाउन उनको निजी सचिवालयका अधिकारी भ्रमण तालिका मिलाउन र केही महत्वपूर्ण राजनीतिक भेटवार्ताका लागि समय मिलाउन प्रयासरत छन् । युरोपियन नेताहरुसंग उनको भेट हुने वा नहुने भन्ने बिषयमा अहिलेसम्म स्पष्ट भइसकेको छैन् ।Source:OnlineKhabar
आमा बनिन् १३ वर्षीया बालिका
Labels:
समाचार
0
प्रतिकृया/हरु

नेपालगन्ज/ भेरी अञ्चल अस्पतालमा १३ वषर्ीया बालिकाले छोरी जन्माएकी छिन् । धादिङ घर भएकी सम्झना सुनारले नेपालगन्ज आएको समयमा अढाइ केजीकी स्वस्थ बच्चा जन्माएकी हुन् ।
तोतेबोली भएकी सम्झनाको शल्यक्रियाबाट बच्चा निकालिएको थियो । उनका बुबा नेपालगन्जमा काम गर्ने भएकाले उनी एक महिनाअघि घुम्न यहाँ आएकी हुन् । छोरी जन्माएपछि धेरैले धर्मपुत्रीका लागि आग्रह गरेको उनले बताइन् ।
'मेरो पेट चिरेर जन्माएकी छोरी कसैलाई दिन्नँ,' उनले भनिन्, 'आफ्नी छोरीको माया लाग्छ नि ।'
११ वर्षकै उमेरमा कक्षा ३ मा पढ्दै गर्दा अभिभावकले जबर्जस्ती धादिङकै सन्तोष सुनारसँग विवाह गरिदिएको उनले बताइन् । सम्झना नेपालगन्ज आएको उनका श्रीमान्लगायत घरका अन्य सदस्यलाई जानकारी छैन ।
'माइत आएकी थिएँ । बुबा नेपालगन्ज आउँदा घुम्न मन लागेर आएकी हुँ । यहीँ सुत्केरी भएँ,' सुनारले भनिन् । अस्पतालमा उनको हेरचाह गर्ने कोही छैन । उनीसँग शिशुको स्याहारका लागि आवश्यक सामान पनि नभएको अस्पतालका नर्सहरूले बताए ।
'डिस्चार्ज गर्ने वेला भएको छ । तर, कोही छैन,' उनले भनिन् । सुनारले आफू घर जान चाहेको तर घरको फोन नम्बर नभएर खबर गर्न नपाएको बताइन् । छोरीलाई अस्पताल पुर्याएपछि आवश्यक सामग्री लिन भनी गएका बुबा विजय सुनार अस्पताल फर्केका छैनन् । 'मलाई घरको फोन नम्बर थाहा छैन, नत्र फोन गरी यसको बुबालाई बोलाउँथेँ,' छोरीतिर इशारा गर्दै सुनारले भनिन् ।Source: NayaPatrika







